राष्ट्रपतिलाई भेट्न कांग्रेस पदाधिकारी शीतल निवास जाँदै « Khabarhub

राष्ट्रपतिलाई भेट्न कांग्रेस पदाधिकारी शीतल निवास जाँदै


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व सुरु भएको छ ।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरी फिर्ता पठाएपछि सरकार र शीतल निवासबीच दूरी बढेको हो ।

नागरिकता विधेयककै विषयमा छलफल नेपाली कांग्रेसको पदाधिकारी टोली आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जाँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली सोमबार दिउँसो २ बजे शीतल निवास जान लागेको हो ।

बालुवाटार स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।

यसअघि राष्ट्रपति भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीसँग शीतल निवासमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो कुनै स्वार्थ नरहेको जनाउँदै आफूले संविधानअनुसार विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको स्पष्ट पारेकी थिइन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : १३ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने