मलेसियामा ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प « Khabarhub

मलेसियामा ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियामा शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

भूकम्पले पुर्‍याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रवाह रोकिएको थियो । भूकम्पको केन्द्रबिन्दु समुद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : २० बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित