गाउँपालिकाले स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम तिरिदिने | Khabarhub Khabarhub

गाउँपालिकाले स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम तिरिदिने


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य बिमाकाे लागि रकम तिर्न नसक्दा उपचारमा लाखौँ खर्च गर्न परेको र बिमा नगरेका कारण कतिपयले मृत्युवरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा मै बिमा गरिदिन लागेको हो ।

नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएको छ ।

गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए। ‘हामी निर्वाचित भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम अघि सारेका हौ। गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नौ सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने ।

यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् । स्वास्थ्य बिमाको बारे गाउँ गाउँमा महत्त्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहत पाउने भएका छन् ।

गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरी सकेका सुत्केरीलाई एकमुष्ट नौ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : ३९ बजे

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा