आगामी निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच : एमाले महासचिव पोखरेल  « Khabarhub

आगामी निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच : एमाले महासचिव पोखरेल 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेज बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् । उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको बताए ।

‘यस पटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिको छनौटको रूपमा रहेको छ,’ आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’

आफूहरू एमालेलाई बलियो शक्ति बनाउन जुटेको दाबी उनले गरे ।  मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरिहार्य हुने उनले बताए ।

‘जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यति बेला राजनीतिक दलहरूले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामर्थ्य राख्नुपर्छ,’ उनले भने ।

नेपालको पुरानो महत्त्वपूर्ण राजनीतिक दलको रूपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइसको उनले बताए । कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : १९ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,