अदालतको अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र लिखित जवाफ « Khabarhub

अदालतको अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र लिखित जवाफ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिन भित्र आफैँ वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ ।

मेयर बालेनले आफैँ गएर नर्भिक अस्पतालमा बनेको भनिएको अवैध संरचना भत्काउन निर्देशन दिएका थिए । तर, नर्भिकले केही दिनको समय माग्यो । यसपछि महानगरले अस्पताललाई अवैध संरचना भत्काउन समय दियो ।

तर, नर्भिकले आफ्नो संरचना नभत्काउन माग गर्दै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश दिएको थियो ।

उक्त आदेशपछि मेयर साहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता दिपकराज जोशीले उक्त रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ५८ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार