आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : सचिव महासेठ « Khabarhub

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : सचिव महासेठ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् । 

उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरे । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरूको संज्ञा दिए । उनले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको तथा लोभी पापीहरू र राष्ट्रघातीहरूको गठबन्धन आरोप लगाए । महासेठले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होइन ? भन्दै प्रश्न गरे । 

उनले गठबन्धनका नेताहरू प्रचण्ड र  माधव नेपालीहरूले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको पनि बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : ०७ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने