मानव सभ्यतालाई कायम राख्न अझै तेल र ग्यास चाहिन्छ : इलोन मस्क « Khabarhub

मानव सभ्यतालाई कायम राख्न अझै तेल र ग्यास चाहिन्छ : इलोन मस्क


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टेस्ला कम्पनीको संस्थापक इलोन मस्कले मानव सभ्यतालाई कायमै राख्नका लागि अझै तेल र ग्यासको आवश्यकता रहेको जनाएका छन् ।

नर्वेमा भएको एक सम्मेलनका क्रममा उनले मानव सभ्यताका लागि तेल र ग्यासको आवश्यकता अझै रहेको जनाएका हुन् ।

‘यथार्थ भन्दा, मेरो विचारमा हामीले छोटो समयका लागि अझै तेल र ग्यासको प्रयोग गर्नु आवश्यक छ, किनकी नत्रभने मानव सभ्यता नै धराशायी हुनेछ ।’ नर्वेको दक्षिणी सहर स्टाभेङ्गरमा आयोजित उर्जासम्बन्धी सम्मेलनमा मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

तेल एवम् ग्यासजन्य खनिज पदार्थका लागि युरोपमै धनी मानिने ‘नर्वेले ग्यास र तेल उत्खननलाई निरन्तता दिनुपर्छ ?’ भन्ने प्रश्नमा मस्कले भने, ‘मेरो विचारमा अहिलेको समयमा (तेल र ग्यासका लागि) केही खोजबिन हुनु आवश्यक छ ।’

‘दीगो ऊर्जा एवम् दिगो अर्थतन्त्रतर्फको परिवर्तन विश्वले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो चुनौतिमध्येको एक हो ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ, ‘यो पूरा हुन केही दशक लाग्नेछ ।’

सन्तोषजनक ब्याट्रीका साथ नर्वेको तटपारी उत्तर सागरमा राखिएका हावाबाट बिजुली निकाल्ने यन्त्र ऊर्जाको महत्वपूर्ण स्रोत हुने समेत उनले बताए । ‘यसले हिउँदमा बलियो, दीगो ऊर्जाको स्रोत प्रदान गर्नेछ ।’

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : ४५ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि