कर्णाली प्रदेशमा शाह र कामी मन्त्री नियुक्त | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा शाह र कामी मन्त्री नियुक्त


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त भएका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकासमन्त्रीमा नियुक्त गरेका हुन् । 

माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गरे । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो ३ बजे उनीहरूलाई शपथ ग्रहण गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : २७ बजे

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज