तरकारीमा विषादीको प्रयोग बढ्यो « Khabarhub

तरकारीमा विषादीको प्रयोग बढ्यो


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनमा विषादी प्रयोगशालामा परीक्षण गरिएकामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ ।

कृषि ज्ञान केन्द्र भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो ।

कृषि ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार आठ नमूना क्वारेन्टिनमा राखेपछि बिक्रीका लागि पठाइएको छ । सात सय २२ नमूना खानयोग्य रहेको उनले जानकारी दिइन् । कार्यालयका अनुसार बढी मात्रामा विषादी प्रयोग हुनेमा केरा रहेको छ ।

परीक्षणका क्रममा चार ठाउँबाट ल्याइएको केरा, तीन ठाउँबाट ल्याईएको हिउँदे सिमी र दुई ठाउँको काँक्रो नष्ट गरिएको उनले जानकारी दिइन् । उनका अनुसार करेला, भान्टा, बन्दा र भेडे खुर्सानी नष्ट गरिएको हो ।

विषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न, तरकारी, फलफूललगायत तत्काल उपभोग गरिने कृषि उपजमा रहने विषादीको अवशेष विश्लेषण गरी प्रचलित कानुन बमोजिम नियमन गर्न यो प्रयोगशाला निर्माण गरीएको हो ।

विसं २०७६ असोज ७ गतेदेखि सञ्चालनमा आएको यस प्रयोगशालाले बिहान ३ बजेदेखि बिहान कै ६ बजेसम्म कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरमा सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : २५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र