सिन्धुपाल्चोकबाट एक वर्षमा झण्डै ७ हजारले लिए राहदानी « Khabarhub

सिन्धुपाल्चोकबाट एक वर्षमा झण्डै ७ हजारले लिए राहदानी


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी लिएका छन् ।

वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बाह्र स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षमा सात हजार नौ सय १९ फाराम सङ्कलन भएको थियो । छ हजार नौ सय ३३ थान राहदानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार वैदेशिक रोजगारीका लागि तीन हजार पाँच सय ५५ महिला तथा चार हजार सात सय ९९ पुरुषले राहदानी लिएका हुन् ।

केहिले भने राहदानी लिन नआउने गरेको कार्यालयले जनाएको छ । राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा चार करोड ३३ लाख ८६ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ५० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा