नेपाल आएको भारतीय सेनाको टोलीले प्रधानमन्त्रीसँग गर्‍यो शिष्टाचार भेट « Khabarhub

नेपाल आएको भारतीय सेनाको टोलीले प्रधानमन्त्रीसँग गर्‍यो शिष्टाचार भेट


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दिने भ्रमणका लागि नेपाल आएको भारतीय सेना टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । उक्त टोलीले सोमबार रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो।

नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहितको ३१ सदस्यीय भ्रमणदल आइतबार नेपाल आएको थियो ।भ्रमण दलले सोमबार नै अर्थमन्त्री जनार्दन शर्मासँग पनि अर्थ मन्त्रालयमा भेटवार्ता गरेको छ।

प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटअघि भ्रमणदलले सैनिक मुख्यालय जंगी अड्डाको भ्रमण गरेको थियो। सो क्रममा भ्रमणदलले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेको छ। भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरू नेपाली सेनासँग सम्बन्धित विषयहरूमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भए ।

साथै उनीहरूले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्तासमेत गरे । भेटमा दुई देशका सैनिकबीचको सहकार्य र हितका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।

भम्रण दलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्। भ्रमणदलमा भारत, भुटान, बंगलादेश, भियतनाम, साउदी अरब र अमेरिकाका अधिकारीहरू रहेका छन् ।

उनीहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै मंगलबार पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ८ : ४६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद