फरार बलात्कार आरोपी तीन वर्षपछि पक्राउ « Khabarhub

फरार बलात्कार आरोपी तीन वर्षपछि पक्राउ


१३ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभा प्रहरीले जबरजस्ती करणीमा संलग्न फरार अभयुक्तलाई तीन वर्षपछि पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई तीन वर्षपछि पक्राउ गरेको हो ।

अभियुक्त लिम्बुलाई तीन वर्षपछि चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

१५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत बिराटनगर धनकुटाले १८ वर्ष कैद सजायसँगै १५ हजार रुपैयाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए ।

उच्च अदालत बिराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मंसिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको थियो ।

१५ वर्षीया बालिकालाई आरोपित लिम्बुले २०७६ असोज १ बलात्कार गरेको भन्दै ०७६ असोज ५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा पीडित उजुरी दिएका थिए । पक्राउ परेका लिम्बुलाई प्रहरीले सोमबार जिल्ला अदालमा बुझाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १० : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का