पोखरामा साल्ट ट्रेडिङको दसैं बजार, १८ रुपैयाँमा नुनको मात्रै व्यापार « Khabarhub

पोखरामा साल्ट ट्रेडिङको दसैं बजार, १८ रुपैयाँमा नुनको मात्रै व्यापार


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

पोखरा– सुपथ मूल्यको सामान बेच्न सरकारले नै सन्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ । ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ ।

दसैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ । यसअघि खसीबोकादेखि चामलसम्म विक्रि गरेको साल्टले अहिले नुन मात्रै बेच्न लागेको हो । चिनि र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए ।

प्रतिकिलो नुनको मुल्य १८ रुपैयाँ छ । प्रत्येकले ६ किलोका दरमा नुन खरिद गर्न सक्ने उनले बताए । ‘पहिले सुपथ मुल्याका पसल चलाएका थियौं । अहिले नुन मात्रै आयात भयो । चिनि र अरु सामान आएन,’ उनले भने, ‘यो दसैंमा नुन मात्रै बेच्छौं ।’ अघिल्लो वर्ष ३ किलो नुन र ३ किलो चिनि बिक्री गरेको थियो ।

त्यसअघि चामल, गेडागुडी, नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गथ्र्यो । बजारमा नै सामान सजिलै पाइने भएकोले आफुहरुले जोड नगरेको उनले बताए । चाडवाडमा बजाम महंगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : ०२ बजे

रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति

दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार

रुपन्देही–४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

देवदह– ‘मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं– नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय