मःम मिश्र « Khabarhub

मःम मिश्र


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिबिसीमा राजनीतिक दलका नेताहरूलाई खरा प्रश्न सोधेर चर्चामा आएपछि राजनीतिमा होमिएका रवीन्द्र मिश्रले त्यस ताका सबैभन्दा धेरै भजाएको शब्द हो, ‘मःम’ ।

नेपालीहरूको औषत बानी धेरै कुरा हेर्ने तर पुरानै कुरा अँगाल्ने प्रवृत्ति हो । जुन कुराको हेक्का मिश्रलाई थियो । त्यो केवल उनले हेक्का राखेनन् । त्यसलाई नेपालको नयाँ राजनीतिक भाष्य बनाए ।

बजारको चर्चित ‘फास्टफूड’ मःमलाई ब्राण्डिङ गरे । मिश्रले नेपाली राजनीतिमा पुराना राजनीतिक पार्टीलाई मेनूका रूपमा लिए । अनि त्यो मेनूमा सबैभन्दा सजिलो र सहज हुने परिकारका रूपमा मःम ठाने ।

पाँच वर्षअघि मिश्रले पटक पटक पुराना पार्टीलाई पुरानै मेनूका रूपमा बुझे । चर्को स्वरमा पनि भजाए । वैकल्पिक राजनीतिलाई स्थापित गर्न रवीन्द्र मिश्रले मःम र मेनूलाई झन् धेरै भजाए ।

उनले नेपाली जनता मेनू हेर्ने हेर्ने लास्टमा मःम खाने गरेको भन्दै चुनावमा भोट हाल्दा पनि पुरानै राजनीतिक दलका नेता कार्यकर्तालाई छान्ने गरेको भन्दै चर्को रोष प्रकट गरे ।

मःम परिकारलाई नेपाली जनतासमक्ष पुरानै पार्टीको विम्ब बनाएका मिश्र अहिले आफैँ त्यही मःम बन्नुपर्ने अवस्थामा पुगेका छन् ।वैकल्पिक राजनीति स्थापित गर्न लाग्दा पुरानै ‘ह्याङओभर’ छाड्न नसकेका मिश्र वैकल्पिक राजनीतिबाट पतन भएर अन्ततः त्यही मम रोज्नुपर्ने बाध्यतामा पुगेका हुनु ।

आफू राजावादी नै भएको प्रमाण दिन मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेकै बेला ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याए । उनको व्यक्तिगत राजावादी सोचको दस्तावेजले गर्दा विवेकशील साझा पार्टीमा भाँडभैलो मच्चियो ।

उनको त्यो दस्तावेजले विवेकशील साझा वैकल्पिक पार्टीबाट संघीयता फाल्नैपर्ने राजावादी पार्टीको कित्तामा पुग्यो । तर पार्टीभित्र आन्तरिक संघर्ष चर्किएपछि मिश्र स्वयंम पनि अल्पमतमा परे । जसकारण उनले काठमाडौँ महानगरपालिकामा पार्टीको हारलाई बहाना बनाएर अध्यक्ष पदबाट राजीनामा दिए ।

अध्यक्षपछि सदस्य पद समेत छाडेका मिश्रले राप्रपामा विलय हुने निर्णय लिए । यसका लागि उनले वरिष्ठ उपाध्यक्ष पद माग गरे । अध्यक्ष लिङ्देनले उपाध्यक्ष पद दिएपछि मिश्र आफैँले आफ्नो मःम प्रवृत्ति देखाए ।

अरुलाई मेनू हेरेपछि मःम अर्डर गर्ने गरेको गुनासो गर्ने मिश्र अहिले आफैँले पाँच वर्ष मेनू हेरेर आफैँले लास्टमा राजावादी मःम रोजेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

राजावादी मःम नेपालमा बासी र काम नलाग्ने भन्दै धेरै उनको चर्को आलोचना गरिरहेका छन् । विगतमा विवेकशील साझाभित्र अन्तरसंघर्ष चर्किएका बेला अध्यक्ष मिश्रले संयोजक मिलन पाण्डेलाई कारबाही गरेका थिए । उनैले पछि राजीनामा दिएपछि पाण्डेको कारबाही फुकुवा हुनुपर्ने माग उठाएका थिए ।

बुधबार राप्रपा प्रवेश गरेपछि विवेकशील साझाका संयोजक पाण्डेले वैकल्पिक राजनीति ध्वंस गर्ने मिश्रको अन्त्य भएको टिप्पणी गरेका छन् ।

पाण्डेकै शब्दमा वैकल्पिक राजनीतिको खोल ओढेर आफ्नो राजनीतिक करियर बनाउने मिश्रको भ्रम कम्तीमा तोडिएको छ । सारा नेपालीले बुझिरहेको मिश्रको आदर्श पनि कम्तीमा अहिलेका लागि राप्रपामा ‘स्वाहा’ भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १२ : ३४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि