गुल्मीमा सुपथ मूल्य पसल सञ्चालन | Khabarhub Khabarhub

गुल्मीमा सुपथ मूल्य पसल सञ्चालन


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चाडबाडका समयमा उपभोक्ताको सहजताका लागि गुल्मीमा सुपथ पसल सञ्चालमा ल्याइएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ अन्तर्गत वडागाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

उपभोक्तालाई ठगी हुनबाट जोगाउन र सस्तो मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको सहकारीका प्रबन्धक विवेक पेमीले जानकारी दिए ।

सुपथ मूल्य पसलसँगै सहकारीले कृषकको उत्पादित कृषिउपजका साथै स्थानीयस्तरमा निर्मित विभिन्न वस्तु तथा सेवाको बिक्री सुनिश्चितता गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको छ ।

सुपथ मूल्य पसलबाट न्यूनतम मूल्यमा नागरिकलाई दैनिक उपभोग्य सामान तथा अन्य वस्तु उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ । स्थानीयवासीले कुनै पनि वस्तु सजिलैसँग सहकारीमा बिक्री गर्ने र उक्त वस्तु बिक्री गरेबापत सहकारीबाट आफूलाई आवश्यक परेको सामान खरिद गरेर लैजान सक्नेछन् ।

विशेषगरी तरकारी, फलफूल, हस्तनिर्मित उत्पादनको सङ्कलन तथा बजारीकरण, किसानलाई आवश्यक दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धताका साथै स्थानीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने कुरालाई प्राथमिकतामा राखी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको वडाध्यक्ष शङ्करबहादुर रायमाझीले बताए ।

सहकारीले सुपथ मूल्य पसलबाट २५ देखि ३० प्रतिशतसम्म छुटमा सामान उपलब्ध गराउने भएको छ । दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गरी रङरोगनका सामग्रीमा २५ देखि ३० प्रतिशत र अन्य खाद्य सामग्री थोक मूल्यमा उपलब्ध गराइएको अध्यक्ष रायमाझीले बताए ।

मुसिकोट नगरपालिकाले निर्माण गरेको कोसेली घरमा सहकारीले पसल सञ्चालनमा गरी सेवा प्रदान गर्न सुरु गरेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा रु ११ लाख लागतमा उक्त भवन निर्माण गरिदिएको हो । सहकारीले कृषकबाट खरिद गरेका सामग्रीलाई बजारसम्म पु¥याउन केही समस्या देखिएको सहकारीका प्रबन्धक पेमीले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ७ : ०६ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला