चाडपर्वमा सवारी दुर्घटना बढ्ने जोखिम « Khabarhub

चाडपर्वमा सवारी दुर्घटना बढ्ने जोखिम


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । मङ्गलबार बिहान मात्रै सल्यानको कपुरकोटमा रा१ज ५६३ नम्बरको जीप दुर्घटनाबाट आठ जनाको निधन भएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कलाई केलाउँदा गत वर्षको दसैँ तिहारमा मात्रै २१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

दसैँमा ठूलो मानवीय क्षति हुनेगरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हुँदा दैलेखमा चार सवारी दुर्घटनामा सात जना घाइते भएका थिए ।

त्यसैगरी सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना हुँदा, दुई जनाको मृत्यु भएको तथ्याङ्क रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

चाडपर्वका बेलामा चालकले मादक पदार्थ सेवन (मापसे) को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घटना बढेको श्रेष्ठले बताए । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आफ्नोतर्फबाट भरमग्दुर प्रयास गर्दै आएको भन्दै उनले प्रहरीले मात्रै प्रयास गरेर नहुने बताए ।

उनले भने, ‘प्रहरीले आफ्नोतर्फबाट दुर्घटना न्यूनीकरण गर्न धेरै प्रयास गरेको छ, तर हाम्रो प्रयासले मात्रै केही हुँदैन । यसमा सबै पक्षको उत्तिकै भूमिका हुन्छ, अनि मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ७ : १२ बजे

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं– सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मंगलबार राति भएको

एनपीएल सिजन २ : यस्तो रह्यो ८ कप्तानको प्रदर्शन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा सबै ८

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा

च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै

भोजपुर– पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर