जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु « Khabarhub

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला – हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले भने, ‘बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको छ । सहचालक मकवानपुर कै हरि न्यौपाने घाइते भएका छन् ।’

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ७ : ४३ बजे

टुक्रा–टुक्रा घडेरी बिक्री गर्दा भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

टङ्कीसिनवारी- जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि

सत्ता गठबन्धनमा भागबण्डा कसरी मिल्छ ?

काठमाडौँ – सत्ता गठबन्धनमा सरकार गठनसँगै भागबन्डाको विषय पेचिलो बनेको

काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

समानुपातिकतर्फ हालसम्म कुन दलले कति मत पाए?

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक

युवती हत्या प्रकरणमा सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी- जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा