जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु « Khabarhub

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला – हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले भने, ‘बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको छ । सहचालक मकवानपुर कै हरि न्यौपाने घाइते भएका छन् ।’

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ७ : ४३ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर