दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण « Khabarhub

दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ । सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको आज बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो । चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी र पत्रकारको सहभागितामा भएको बैठकले साना र ठूला सवारीसाधनलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ । तम्घास–रिडीको लागि साना सवारीको न्यूनतम समय १ घण्टा ३० मिनेट र ठूला सवारीको २ घण्टा समय तोकिएको छ ।

रिडी–तम्घासको लागि साना सवारीको १ घण्टा ४५ मिनेट र ठूला सवारीको २ घण्टा १५ मिनेट समय तोकिएको छ । यो सडकखण्ड ४५ किलोमिटर दुरीको छ । तोकिएको समय सवारी आवतजावतको लागि न्यूनतम हो । उकालो र ओरालोको आधारमा समय छुट्टाछुट्टै निर्धारण भएको हो ।

तोकिएको न्यूनतम समय अगावै सवारी आवतजावत गरेमा कानुनी कारबाही हुने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । तीव्र गतिका कारणले हुनसक्ने दुर्घटनाप्रति लक्षित गर्दै न्यूनतम समय निर्धारण भएकोले नियम अक्षरशः पालना गर्न रानाभाटले सम्बन्धित पक्षलाई आग्रह गरे ।

चाडपर्वको क्रममा हुने सवारी दुर्घटना शून्य पार्न सबैले ट्राफिक नियम पालना गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले बताए । तम्घास–रिडी सडकखण्ड साँघुरो र निकै व्यस्त रहेकाले न्यूनतम समय निर्धारण गरिएको हो । त्योबाहेक गुल्मीअन्तर्गत अन्य सडकखण्डमा समय निर्धारण भएको छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ९ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्