फिलिपिन्समा कारोनाभाइरसका कारण थप ३४ को मृत्यु « Khabarhub

फिलिपिन्समा कारोनाभाइरसका कारण थप ३४ को मृत्यु


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिलिपिन्समा कोरोना भाइरसका कारण थप ३४ जनाको मृत्यु भएको छ ।पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ ।

स्वास्थ्य विभागले दिएको जानकारी अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २८ हजार १७२ रहेको छ ।फिलिपिन्समा कोरोना भाइरसका कारण अहिलेसम्म ६२ हजार ९६१ जनाको मृत्यु भएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

झण्डै एक करोड ३० लाख जनसङ्ख्या रहेको राजधानी मनिला महानगर क्षेत्रमा मात्रै पछिल्लो एक दिनमा एक हजार १४९ जना सङ्क्रमित भएका छन् ।

महानगरका १७ क्षेत्रमध्ये १३ क्षेत्रमा सङ्क्रमणको प्रभाव धेरै देखिएको स्वास्थ्य उपसचिव मारिया रोसारियो भेर्गेइरले जानकारी दिनुभयो । मनिला महानगरलाई सरकारले कोरोना भाइरसको महामारीको संवेदनशील क्षेत्रका रुपमा बर्गिकरण गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ९ : १८ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले