कपुरकोट जिप दुर्घटनामा ज्यान गुमाउनको संख्या नौ पुग्यो | Khabarhub Khabarhub

कपुरकोट जिप दुर्घटनामा ज्यान गुमाउनको संख्या नौ पुग्यो


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ का तिलक वलीको उपचारका क्रममा बुधबार मृत्यु भएसँगै जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको हो।

वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जित बहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धरम ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा वसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको घटनास्थलमै मृत्यु भएको थियो।

मंगलबार बिहान बाँकेको ढकेरीबाट सल्यान कपुरकोट गाउँपालिका ६ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ मूलपानीमा दुर्घटनामा परेको थियो।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०