कपुरकोट जिप दुर्घटनामा ज्यान गुमाउनको संख्या नौ पुग्यो « Khabarhub

कपुरकोट जिप दुर्घटनामा ज्यान गुमाउनको संख्या नौ पुग्यो


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ का तिलक वलीको उपचारका क्रममा बुधबार मृत्यु भएसँगै जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको हो।

वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जित बहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धरम ओली, ४० वर्षीय टोप बहादुर ओली, उनका ११ वर्षीय छोरा वसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको घटनास्थलमै मृत्यु भएको थियो।

मंगलबार बिहान बाँकेको ढकेरीबाट सल्यान कपुरकोट गाउँपालिका ६ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ मूलपानीमा दुर्घटनामा परेको थियो।

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : ०४ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल