वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन « Khabarhub

वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज-  वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदाबाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

पर्साको जगरनाथपुर गाउँपालिकामा वडामै लाभग्राहीको सहजताका लागि सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन भएको छ ।

गाउँपालिकाले वडा कार्यालयमै शिविर सञ्चालन गरेर भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले जानकारी दिनुभयो । एनआइसी एशिया बैंक जगरनाथपुर शाखाको समन्वयमा पालिकाले वडामै पुगेर भत्ता वितरण गर्न थालेपछि अब बैंकमै पुगेर लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यसबाट विशेषगरी अपाङ्गता भएका स्थानीय र ज्येष्ठ नागरिकलाई सहज भएको छ ।

जगरनाथपुरका छ वटै वडाका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नगारिक एकल महिला र क तथा ख वर्गका अपाङ्गता भएका लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १० : ३९ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर