बेलायती नयाँ प्रधानमन्त्री सुनकका दुई ठूला चुनौति | Khabarhub Khabarhub

बेलायती नयाँ प्रधानमन्त्री सुनकका दुई ठूला चुनौति

जोनसनको पतनदेखि ट्रसको राजीनामासम्मका साक्षीको भित्री सकस



काठमाडौँ – भारतीय मूलका ऋषि सुनकको नाम केही वर्षअघिसम्म सायदै कोही बेलायतीले सुनेको हुनुपर्छ। तर, सन् २०१६ मा बेलायतले युरोपेली युनियनबाट बाहिरिने विषयमा आयोजना गरेको जनमत सङ्ग्रहयता उत्पन्न राजनीतिक अस्तिरताले सुनकलाई प्रधानमन्त्री नै बनाइदिएको छ।

साँच्चै भन्दा युरोपेली युनियनबाट बाहिरिने विषयमा भएको जनमत सङ्ग्रहयता बेलायतले ५ जना प्रधानमन्त्री पाइसकेको छ। पछिल्लो दुई महिनामा मात्रै बेलायतमा तीन जना प्रधानमन्त्री बनिसकेका छन्।

पछिल्लो प्रधानमन्त्रीको रुपमा लिज ट्रसले केबल ४४ दिन सरकार चलाएको विषयले बेलायतको राजनीति वा अझ विशेष रुपमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा देखिएको संकटलाई स्पष्ट पार्छ।

लिज ट्रसले गत बिहीबार राजीनामा दिएको घोषणा गरेसँगै कन्जरभेटिभ पार्टीले नयाँ नेताको रुपमा सुनकलाई प्रधानमन्त्री चुनेको हो। यससँगै ४२ वर्षीय सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री मात्र बनेका छैनन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो २ सय वर्षमा सबैभन्दा कान्छो प्रधानमन्त्रीको रुपमा जिम्मेवारी समेत सम्हाल्दैछन्।
सुनक आफू हिन्दू भएकोमा गौरव गर्छन्। उनले भागवत गीतामा हात राखेर सांसदको सपथ ग्रहण गरेका थिए। बीबीसीका अनुसार उनले परम्परागत हिन्दू पर्वहरु मनाउनेमात्रै नभई गाईको समेत पूजा गर्दै आएका छन्। धेरै भारतीयहरुझैँ क्रिकेट खेल उनलाई पनि खुबै मन पर्छ।

कुनै समय गोल्डम्यान स्याक्स बैंकमा विश्लेषकको जागिर खाएका सुनक सन् २०१५ मा मात्रै योर्कको रिचमण्ड निर्वाचन क्षेत्रबाट पहिलो पटक सांसद बनेका थिए। सन् २०२२ सम्म आइपुग्दा उनी बेलायतको ५७ औँ प्रधानमन्त्री बन्न सफल भएका छन्।

उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट व्यापारिक प्रशासनमा स्नातकोत्तर गरेका थिए। उनले भवी श्रीमती अक्षता मूर्तीसँग पनि पनि सोही विश्वविद्यायमा पहिलो पटक भेट गरेको बताइन्छ।

सुनकको जन्म सन् १९८० मा बेलायतको साउथह्याम्पटनमा भएको थियो। उनका पिता पूर्वी अफ्रिकी मुलुक केन्याबाट बेलायत पुगेका थिए। उनका बाबु स्वास्थ्यकर्मी थिए भने उनकी आमा फार्मेसी चलाउँथिन्।

उनका हजुरबुवा बेलायती अधिनमा रहेका बेला भारतको पञ्जाबमा जन्मेका थिए। पछि उनका हजुरबुवा पूर्वी अफ्रिकी मुलुक केन्या पुगेका थिए। ऋषि सुनकका पिता यशवीरको जन्म पनि केन्यामै भएको थियो। पछि उनको परिवार सन् १९६० को दशकमा बेलायतको साउथह्याम्पटन बसाई सरेका थिए।

तीन सन्तानमध्ये सबैभन्दा जेठा उनी विन्चेस्टरको निजी विद्यालयमा अध्ययन गरेका थिए। बेलायती अखबार द गार्जियनका अनुसार पछिल्ला वर्षहरुमा उनले आफूले पढेको विद्यालयलाई १ लाख पाउण्डभन्दा धेरै दान गरिसकेका छन्।

पछि उनले विश्वकै प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा राजनीति, दर्शनशास्त्र र अर्थशास्त्रको अध्ययन गरेका थिए। विश्वविद्यालयले उनलाई प्रथम श्रेणीको डिग्री प्रदान गरेको थियो। पछि उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट व्यापारिक प्रशासनमा स्नातकोत्तर गरेका थिए। उनले भवी श्रीमती अक्षता मूर्तीसँग पनि पनि सोही विश्वविद्यायमा पहिलो पटक भेट गरेको बताइन्छ।

उनी भारतका बिल गेट्सका रुपमा परिचिति धनाढ्य एनआर नायारण मूर्तीकी छोरी हुन्। नारायण मूर्तीले भारतमा इन्फोसिस नामक सफ्टवेयर कम्पनीको स्थापना गरेका थिए। उनकी छोरीको उक्त कम्पनीमा ७० करोड पाउण्ड बराबरको शेयर रहेको विश्वास गरिन्छ।
उनीहरुबीच सन् २००९ मा भरातको बैङ्लोर सहरमा १ हजार पाहुनाहरुबीच भव्य समारोहमा विवाह भएको थियो। हाल उनीहरुका दुई छोरी छन्।

हाल उनीहरुको जम्मा सम्पत्ति ७३ करोड पाउण्ड हाराहारीमा रहेको छ। जुन बेलायती राजपरिवारको भन्दा दोब्बर बढी हो। हाल बेलायती राजा चाल्र्स तृतीय र रानी कमिलाको कूल सम्पत्ति ३० देखि ३५ करोड पाउण्ड आसपास रहेको बताइन्छ।

बेलायतको गिर्दाे आर्थतन्त्रको सुधार पनि उनका लागि अर्को चुनौति रहेको छ। हालै बेलायतको केन्द्रीय बैंक बैंक अफ इङ्ल्याण्डले सार्वजनिक गरेको प्रतिवेदनमा बेलायतको मुद्रास्फीति ४० वर्षयता पहिलो पटक दोहोरो अंकमा पुगेको देखिएको छ।

केही समयअघिमात्रै द गार्जियनका सम्पत्ति संवाददाता रुपर्ट निटले ‘ऋषि सुनकको ७३ करोड पाउण्ड सम्पत्तिले उनी प्रधानमन्त्री बन्नका लागि धेरै धनी छन् ?’ भन्ने शीर्षकमा आलेख लेखेका थिए। सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले यसको जवाफ दिएका छन्।

उनले यसअघि लिज ट्रससँग पनि प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीभित्र प्रतिस्पर्धा गरेका थिए। जसमा उनी सफल हुन सकेनन्। तर, जे होस् उनी बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन्।

तर, उनका अगाडि चुनौतिका चाङ छन्। उनका लागि पहिलो चुनौति कन्जरभेटिभ पार्टीभित्रको संकट समाधान गर्नु हुनेछ। पूर्व प्रधानमन्त्री बोरिस जोनसनको पतन हुनुमा धेरै कन्जरभेटिभ सदस्यहरुले उनलाई दोष दिने गरेका छन्।

जोनसनको मन्त्रिपरिषदमा उनी चान्सलर अफ एक्सचेकर अर्थात् अर्थमन्त्रीको रुपमा रहेका थिए। गत जुलाई महिनामा उनले राजीनामा दिएसँगै जोनसनको पतन सुरु भएको धेरै कन्जरभेटिभ सदस्यहरुको विश्वास छ।

लिज ट्रसविरुद्धको प्रतिस्पर्धामा पनि यही कारण उनी पछि परेको बेलायती सञ्चारमाध्यमको विश्लेषण छ। उनले कन्जरभेटिभ पार्टीलाई कसरी अघि बढाउँछन्, त्यो समयले बताउनेछ।

अर्कोतर्फ बेलायतको गिर्दाे आर्थतन्त्रको सुधार पनि उनका लागि अर्को चुनौति रहेको छ। हालै बेलायतको केन्द्रीय बैंक बैंक अफ इङ्ल्याण्डले सार्वजनिक गरेको प्रतिवेदनमा बेलायतको मुद्रास्फीति ४० वर्षयता पहिलो पटक दोहोरो अंकमा पुगेको देखिएको छ।

बेलायतको मुद्रास्फीति १० दशमलब १ प्रतिशत रहेको अवस्थामा ऊर्जा, खानेकुराजस्ता अत्यावश्यक वस्तुको मूल्यले आकाश छोएको छ। अर्थशास्त्रको अध्ययन गरेका सुनकले यसलाई कसरी व्यवस्थापन गर्छन्, त्यो पनि समयले बताउनेछ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ३० बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका