बाँकेमा अतिसंवेदनशिल र संवेदनशील मतदानस्थल तोकियो | Khabarhub Khabarhub

बाँकेमा अतिसंवेदनशिल र संवेदनशील मतदानस्थल तोकियो


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ ।

जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकामा एक सय आठवटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १२ : १२ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ