कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी « Khabarhub

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

राजधानीमा जारी महाधिवेशनमा मंगलबार साढे सात बजेसम्म गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

थापा पार्टीका वर्तमान सभापति हुन् । गत पुस महिनामा आयोजित विशेष महाधिवेनबाट उनी सभापतिमा निर्वाचित भएका थिए । यसअघि उनी १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए ।

राठौर भने १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए । पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने राठौर आजमात्रै बर्दियाबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

त्यस्तै, खड्गी भने कांग्रेसका युवा नेता हुन् ।

सभापतिमा
गगनकुमार थापा
श्यामकृष्ण खड्की
किशोरसिंह राठौर

वरिष्ठ उपसभापतिमा
विश्व प्रकाश शर्मा

उपसभापति महिला
पुष्पा भुसाल

उपसभापति खुल्ला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा. मिनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा चन्द्रमोहन यादव

समावेशी उपसभापति
जीवन परियार
बिनोद चौधरी
फर्मुल्लाहा मनसुर
सीता गुरुङ
रन्जित कर्ण

खुल्ला महामन्त्री
प्रदिप पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा सुनिल शर्मा
डा सन्तोष उपाध्याय

महामन्त्री महिला
डा डिला संग्रौला
डिना उपाध्याय
रिता खनाल

सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक / एक जना, खुल्ला सभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँचजना, खुल्ला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : ४० बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल