‘महापुरूष’ : बक्सअफिसमा समेत आक्रामक सुरुवात « Khabarhub

‘महापुरूष’ : बक्सअफिसमा समेत आक्रामक सुरुवात


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ ले बक्सअफिसमा समेत आक्रामक सुरुवात गरेको छ । वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको फिल्मले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । फिल्म हेर्न पहिलोदिन नै दर्शक भरिभराउ देखिए । निर्माण पक्षले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रियासमेत लिएका थिए । 

‘एकै परिवारको २८ जना फिल्म हेर्न आउनु भएको रहेछ । फिल्म सकिएपछि उहाँहरूको अनुहारमा देखिएको सन्तुष्टिले हामीलाई खुसी दिएको छ । फिल्म हेर्न आउनु राम्रो हो, उहाँहरू सन्तुष्ट र खुसी हुनु झनै राम्रो’, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । उनीसँगै हल भिजिटमा निर्देशक प्रदीप भट्टराई र कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराईली सहभागी थिएँ । 

‘हामीले उठान गरेको विषयलाई दर्शकले रुचाउनु भयो । उहाँहरूसँगै पर्दा बाहिरसम्म फिल्म आएको छ । यो हाम्रो पहिलो सफलता हो’, लेखक समेत रहेका निर्देशक प्रदीप भट्टराईले भने । हल भिजिटमा दर्शक मार्फत पाएको प्रतिक्रियाले अभिनेता आचार्य उत्साहित छन् । उनले बलिदान पश्चात यस किसिमको अभिनय गरेको प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । ‘दर्शकले मलाई फरक रुपमा समेत रुचाउनु भयो । बलिदान पश्चात नयाँपुस्तामा यसै फिल्म मार्फत यसकिसिमको भूमिका निर्वाह गर्न पाएँ’, अभिनेता आचार्यले भने । एउटा परिवार भित्रको चित्र फिल्मले प्रस्तुत गर्ने उनको भनाइ छ ।

फिल्मले नेपाल मात्र नभई अष्ट्रेलियामा पनि राम्रो सुरुवात गरेको छ । सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमा हलमा फिल्म हेर्न आइपुगेका अधिकाँसको आँखा रसाए । नेपालबाट अष्ट्रेलिया घुम्न आइपुगेका आफ्ना बुबाआमालाई लिएर फिल्म हेर्न आएका सुरेश भण्डारीले प्रवासमा बस्नेहरूका लागि फिल्म झनै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपाल रहेका बाआमा र हामी सपना बोकेर विदेश आएकाहरूको कथा झैँ लाग्यो । थाहा नै नपाइ आँखाबाट आसुँ झरेछन्’, अष्ट्रेलियाका सन्नी आचार्यले भने । 

यसअगाडि जात्रा सिरिज र शत्रुगतेमार्फत जितेको विश्वासलाई गुम्न नदिएको सिड्नीमा रहेका पत्रकार राजन घिमिरेले बताए । ‘हल आउनुभएको दर्शकले पहिले भन्दा राम्रो फिल्म भन्नुभएको छ । हेर्नेको आँखा रसाएका छन् । यो फिल्म लामोसमयसम्म प्रदर्शन हुन्छ’, पत्रकार घिमिरेले भने । देश तथा विदेशबाट पाइरहेको प्रतिक्रियाले आफूसहित टिम उत्साहित रहेको निर्माता म्याक्स दिपेश खत्रीले बताए । 

‘हामीले पुर्‍याउन चाहेको सन्देश दर्शकसम्म पुगेको छ । उहाँहरूले मायाले हाम्रो मिहिनेतको परिणाम दिएझैँ लागिरहेको छ’, निर्माता खत्रीले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ ।

आदर्शनगरमा बसोवास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी। गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्। 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १२ : ५२ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा