छठका लागी बागेश्वरी मन्दिरको तलाउ सजाइँदै | Khabarhub Khabarhub

छठका लागी बागेश्वरी मन्दिरको तलाउ सजाइँदै


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरूको संख्या बढ्दै गएको छ । छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए । 

भोलि छठ पर्वको मुख्य दिन हो । व्रतालुहरूले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिनेछन् । सिंहका अनुसार हाल तलाउ छेउमा टेण्ट, बिजुली बत्तीको सजावट, बाजागाजा, सांस्कृतिक भजन मञ्चको व्यवस्थापन र  सरसफाइको काम बिहानैदेखि सुरु भइसकेको छ ।

बागेश्वरी मन्दिर पार्कमा भजनसहितको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । भारतको कलकत्ताबाट आएका गायिका दीपिका ओझा र गायक विशाल ओझासहित नौ जनाको समूहले राति छठीमाताको भजन गीतसङ्गीतको कार्यक्रम गर्ने संयोजक सिंहले बताए । सांस्कृतिक कार्यक्रम आइतबार साँझदेखि सोमबार बिहानसम्म हुनेछ । 

पहिले पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको साहित्यकार तथा पूर्वप्राज्ञ सनत रेग्मीले बताए । नेपालगञ्जको रानीतलाउका साथै अन्य तालमा पनि छठको रौनक बढेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवम् अरवा अरवाइन खाने चलन छ भने दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने चलन छ । साथै, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : १४ बजे

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

रौतहट – गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

काठमाडौं – नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल

‘महिला’को परिभाषा के ? बेलायती अदालतमा बहस सुरु

एजेन्सी – बेलायतको सर्वोच्च अदालतले मङ्गलबार कानूनमा ‘महिला’ को परिभाषामा

‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहन्छौँ’

पाटन – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा

बाँसबारीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, तीन घाइते

काठमाडौं – काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा