‘उडान कटौती र उपकरण चलाउन पहल नगर्नेले कसरी रोजगारी दिन्छन् ?’ « Khabarhub

‘उडान कटौती र उपकरण चलाउन पहल नगर्नेले कसरी रोजगारी दिन्छन् ?’


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– पूर्वगृहमन्त्री निरञ्जन थापाले विमानस्थलमा रोजगारी दिन्छु भनेर हिँड्ने उम्मेदवारले सञ्चालित अन्तराष्ट्रिय उडानको कठौती गरेको बताएका छन् । भएको उपकरण चलाउनका लागि पहलसमेत गर्न नसकेको सरकारले रोजगारीको लोभ दिएर स्थानीयलाई भ्रममा पारिरहेको उनले बताए । 

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर-९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले सरकारकै व्यवस्थापनमा चलिरहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल सत्तारूढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिँड्नु जनतामा भ्रम छर्ने काम भएको बताए । 

जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको विमानस्थल दैनिक पछि अहिले  साताको ३ वटा उडानमा सिमित छ । आकस्मिक अवतरण हुन सक्छ भनेर २४ घण्टा नै खुला गरेर लाखौ रकम स्वाहा भइरहँदो सुरक्षा सम्बद्ध आधुनिक उपकरण सञ्चालनमा सरकारले पहल गरेको छैन । 

कमजोर भिजिबिलीटी हुँदा पनि उडान-अवतरण होस भनेर झण्डै एक अर्ब खर्चेर इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडान भयो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाही र भारतीय पक्षको बेवास्ताका कारण आइएलएस भारत सरकारको अनुमतिबिना प्रयोग हुन नसक्ने अवस्था ल्याएकोमा सरकारको ध्यानाकर्षण हुन नसकेको उनको आरोप छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजकसमेत रहेका थापाले विगतमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन रु भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ०८ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४