उत्तर कोरियासम्बन्धी नीति परिवर्तन भएको छैन : अमेरिका « Khabarhub

उत्तर कोरियासम्बन्धी नीति परिवर्तन भएको छैन : अमेरिका


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले उत्तर कोरियाली आणविक विषयमा आफ्नो नीति परिवर्तन नभएको स्पष्ट पारेको छ । एक जना वरिष्ठ अमेरिकी अधिकारीले उत्तर कोरियासँग हतियार नियन्त्रण गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएपछि अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी नीति परिवर्तन नभएको स्पष्ट पारेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार प्राइसले कोरियाली प्रायद्विप पूर्ण रुपमा आणविक हतियाररहित हुनुपर्ने अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेका हुन् । ‘यसबारे म स्पष्ट पार्न चाहन्छु । अमेरिकी नीतिमा कुनै परिवर्तन आएको छैन ।’ प्राइसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यद्यपि कूटनीतिक रुपमा उत्तर कोरियाप्रति अमेरिका खुला रहेको समेत उनले बताए । ‘हामी प्रजग कोरियासँग कूटनीतिक रुपमा खुला छौँ, हामी प्रजग कोरियासँग सम्पर्कमा रहन चाहन्छौँ । हामी कूटनीतिक पहुँचका लागि प्रतिबद्ध छौँ । हामी कुनै पूर्वसर्त बिना भेटवार्ता गर्न तयार छौँ र हामी प्रजग कोरियालाई गम्भीर र दीगो कूटनीतिमा सामेल हुन समेत आग्रह गर्छौँ ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । उत्तर कोरियाले आफ्नो मुलुकलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भनेर चिनाउने गरेको छ ।

यसअघि अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको हतियार नियन्त्रणसम्बन्धी उपमन्त्री बोनी जेन्किन्सले अमेरिकाको राजधानी वाशिंटन डीसीमा आयोजित एक सम्मेलनका क्रममा उत्तर कोरियालाई हतियार नियन्त्रणसम्बन्धी समस्याका रुपमा सम्बोधन गर्नुपर्ने टिप्पणी गरेकी थिइन् ।

‘यदी उनीहरु हामीसँग कुराकानी गर्न चाहन्छन भने… दुई इच्छुक देशहरु मेचमा बसेर वार्ता गर्ने इच्छा राख्छन् भने हतियार नियन्त्रणसम्बन्धी विकल्प पनि हुनसक्छ ।’ उनले भनिन् ।

‘यदी उनी (उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन) फोन गरेर म हतियार नियन्त्रणका विषयमा कुराकानी गर्न चाहन्छु भन्छन् भने हामी नाईँ भन्नेछैनौँ । मेरो विचारमा उनले भन्न खोजेको के हो, हामीले त्यसबारे विचार गर्नुपर्छ ।’ जेन्किन्सले भनिन् ।

उत्तर कोरियाले चाँडै आणविक परीक्षण गर्न लागेको आशंकाबीच अमेरिकी उपमन्त्रीको यस बयानलाई निकै चासोपूर्वक हेरिएको थियो ।

यद्यपि विज्ञहरुले यसका लागि अमेरिकाले उत्तर कोरियालाई आणविक हतियार सम्पन्न मुलुकको रुपमा मान्यता दिनुपर्ने बताउने गरेका छन् । उत्तर कोरियाले पनि अमेरिकाबाट आणविक हतियार सम्पन्न मुलुकको रुपमा मान्यताको चाहना राख्दै आएको बताइन्छ ।

यद्यपि अमेरिका उत्तर कोरियालाई आणविक हतियार सम्पन्न मुलुकको मान्यता दिन अझै तयार नभएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : १४ बजे

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई