उत्तर कोरियासम्बन्धी नीति परिवर्तन भएको छैन : अमेरिका « Khabarhub

उत्तर कोरियासम्बन्धी नीति परिवर्तन भएको छैन : अमेरिका


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले उत्तर कोरियाली आणविक विषयमा आफ्नो नीति परिवर्तन नभएको स्पष्ट पारेको छ । एक जना वरिष्ठ अमेरिकी अधिकारीले उत्तर कोरियासँग हतियार नियन्त्रण गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएपछि अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी नीति परिवर्तन नभएको स्पष्ट पारेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार प्राइसले कोरियाली प्रायद्विप पूर्ण रुपमा आणविक हतियाररहित हुनुपर्ने अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट पारेका हुन् । ‘यसबारे म स्पष्ट पार्न चाहन्छु । अमेरिकी नीतिमा कुनै परिवर्तन आएको छैन ।’ प्राइसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यद्यपि कूटनीतिक रुपमा उत्तर कोरियाप्रति अमेरिका खुला रहेको समेत उनले बताए । ‘हामी प्रजग कोरियासँग कूटनीतिक रुपमा खुला छौँ, हामी प्रजग कोरियासँग सम्पर्कमा रहन चाहन्छौँ । हामी कूटनीतिक पहुँचका लागि प्रतिबद्ध छौँ । हामी कुनै पूर्वसर्त बिना भेटवार्ता गर्न तयार छौँ र हामी प्रजग कोरियालाई गम्भीर र दीगो कूटनीतिमा सामेल हुन समेत आग्रह गर्छौँ ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । उत्तर कोरियाले आफ्नो मुलुकलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भनेर चिनाउने गरेको छ ।

यसअघि अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको हतियार नियन्त्रणसम्बन्धी उपमन्त्री बोनी जेन्किन्सले अमेरिकाको राजधानी वाशिंटन डीसीमा आयोजित एक सम्मेलनका क्रममा उत्तर कोरियालाई हतियार नियन्त्रणसम्बन्धी समस्याका रुपमा सम्बोधन गर्नुपर्ने टिप्पणी गरेकी थिइन् ।

‘यदी उनीहरु हामीसँग कुराकानी गर्न चाहन्छन भने… दुई इच्छुक देशहरु मेचमा बसेर वार्ता गर्ने इच्छा राख्छन् भने हतियार नियन्त्रणसम्बन्धी विकल्प पनि हुनसक्छ ।’ उनले भनिन् ।

‘यदी उनी (उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन) फोन गरेर म हतियार नियन्त्रणका विषयमा कुराकानी गर्न चाहन्छु भन्छन् भने हामी नाईँ भन्नेछैनौँ । मेरो विचारमा उनले भन्न खोजेको के हो, हामीले त्यसबारे विचार गर्नुपर्छ ।’ जेन्किन्सले भनिन् ।

उत्तर कोरियाले चाँडै आणविक परीक्षण गर्न लागेको आशंकाबीच अमेरिकी उपमन्त्रीको यस बयानलाई निकै चासोपूर्वक हेरिएको थियो ।

यद्यपि विज्ञहरुले यसका लागि अमेरिकाले उत्तर कोरियालाई आणविक हतियार सम्पन्न मुलुकको रुपमा मान्यता दिनुपर्ने बताउने गरेका छन् । उत्तर कोरियाले पनि अमेरिकाबाट आणविक हतियार सम्पन्न मुलुकको रुपमा मान्यताको चाहना राख्दै आएको बताइन्छ ।

यद्यपि अमेरिका उत्तर कोरियालाई आणविक हतियार सम्पन्न मुलुकको मान्यता दिन अझै तयार नभएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : १४ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा