राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा « Khabarhub

राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न भारतले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।

‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि सुरु राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण सत्रमा विदेशमन्त्री एस जयशङ्करले यो वर्ष भारतले राष्ट्रसङ्घीय कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने बताए । उक्त सहायता रकम भारतको स्वैच्छिक योगदान भएको पनि उनले स्पष्ट पारे ।

आतङ्कवादको जोखिम रोक्न तथा प्रतिकार गर्न सदस्य राष्ट्रहरूलाई आर्थिक सहयोग अपरिहार्य भएको बताउँदै उनले मानवताका लागि सबैभन्दा ठूलो खतराका रुपमा रहेको आतङ्कवादविरुद्ध लड्न एकीकृत प्रयास आवश्यक भएकामा जोड दिए । उनले आतङ्कवादविरुद्ध प्रयास जारी रहेपनि विशेष गरी एशिया र अफ्रिकामा त्यसको कालोछाया बढिरहेको टिप्पणी गरे ।

यसैबीच, बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले सोही बैठकलाई सम्बोधन गर्दै प्रविधिको दुरूपयोग तथा आतङ्ककारी गतिविधिमा कहिँकतैबाट लगानी हुन नहुनेमा जोड दिए । उनले आतङ्कवादीको आम्दानीका सबै स्रोत सुकाउनुपर्ने बताउँदै उनीहरूलाई आर्थिक मात्र नभइ प्राविधिकरूपमा पनि एक्ल्याउनुपर्ने धारणा राखे । सबै अन्तरराष्ट्रिय साझेदारले सामुहिकरूपमा आतङ्ककारी गतिविधिका लागि वित्तीय बाटोहरू बन्द गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ४८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय