उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा « Khabarhub

उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो।

नकआउट पुग्ने पोर्चुगल दोस्रो देश बनेको छ। सोमबार उरुग्वे विरुद्धको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेसले दुई गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा ढुंगिएको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा गोल गर्दै ब्रुनोले सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल भने इन्जुरी समयमा भएको थियो। उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पाएको पेनाल्टीको अवसरलाई ब्रुनोले सदुपयोग गरेका हुन्।

२ शून्यको जितसँगै पोर्चुगल समूह ‘एच’ नकआउट चरणमा पुगेको हो। दुइृ खेल खेलेको पर्चुगलले ६ अंक जोडेको छ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : २६ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी