जर्मनीको जर्सीमा भविष्यका सुपरस्टार | Khabarhub Khabarhub

जर्मनीको जर्सीमा भविष्यका सुपरस्टार


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विश्वकप फुटबल २०२२ को पहिलो दुई खेलमा जर्मनीले एक अङ्क मात्र जोडेको छ। पहिलो खेलमा जापानसँग २–१ ले पराजित जर्मनीले दोस्रो खेलमा स्पेनसँग १–१ गोलको बराबरी गरेको हो। जापानसँगको पहिलो खेलमा उत्तिकै आकर्षक रहेका टिनएजर जामल मसियलाकै कारण दोस्रो खेलमा जर्मनीले एक अङ्क बटुलेको हो। स्पेनसँगको खेलपछि उनलाई भविष्यको लीयोनल मेस्सीको रूपमा समेत चित्रण गर्न थालिएको छ।

वायरन म्युनिखका यी टिनएजर आक्रामक मिडफिल्डरको रूपमा छवि बनाउँदै छन्। इङ्गल्यान्डमा बाल्यकाल र टिनएज बिताएका उनले विश्वकप खेल्ने समयमा आफू जन्मिएको जर्मनी रोजेका हुन्।

जर्मनीको राष्ट्रिय फुटबल टोलीका कप्तान तथा कुनै समयका संसारकै धेरै फुटबलरका आदर्शको रूपमा परिचित लोथर म्याथ्युजले त मसियलालाई भविष्यको फुटबल स्टारको रूपमा चित्रण गरेका छन्।

लगातार दोस्रो पटक विश्वकपको पहिलो चरणबाट नबाहिरिने हो भने कोस्टारिकासँगको खेलमा जित अनिवार्य आवश्यक छ। साथै जापानले स्पेनसँग हार्न अनिवार्य छ। स्पेन र जापानको बराबरी भएमा यी दुईको टुङ्गो गोल अन्तरको आधारमा हुनेछ।

जर्मनीको राष्ट्रिय फुटबल टोलीका कप्तान तथा कुनै समयका संसारकै धेरै फुटबलरका आदर्शको रूपमा परिचित लोथर म्याथ्युजले त मसियलालाई भविष्यको फुटबल स्टारको रूपमा चित्रण गरेका छन्।

सन् १९९० मा जर्मनीले विश्वकप जित्दा टोलीको नेतृत्व गरेका म्याथ्युजले मसियलाको स्थान भविष्यमा अहिले मेस्सीको भए जस्तै हुनसक्ने बताएका छन्। म्याथ्युजले गएको दुई वर्षदेखि मसियलासँग प्रेमिल सम्बन्ध रहेको बताउँदै उनको खेल शैलीले नै प्रेम भएको बताएका छन्।

‘उ १९ वर्षको भएको छ। यस उमेरमा हुनु पर्ने धेरै कुरा ऊसँग छ। उ चलाख छ। राम्रो सोच्छ र सही स्थानमा पास दिन सक्छ’, म्याथ्युजले भने। उनले १७ या १८ वर्षको उमेरमा मसियलालाई देखेका थिए। त्यो समयमा उनी मैदानमा प्रवेश गरेको ४० सेकेन्डकै रातो कार्ड पाएका थिए।

यिनले अहिलेसम्म थुप्रै कीर्तिमान राखेका छन्। उनी वायरन म्युनिखका अहिलेसम्मका कान्छा गोलकर्ता हुन्। युरो २०२० मा टोलीमा अटाएका उनले जर्मनीका दोस्रो कान्छा गोलकर्ताको कीर्तिमान राखेका छन्।

म्याथ्युजले त्यसको दुई वर्ष यता उसले गरेको प्रदर्शनले आफूलाई आश्चर्यचकित बनाएको प्रतिक्रिया दिएका छन्। आइतबारको उनको खेल त गजबकै थियो। ८४ प्रतिशत पास एक्युरेसी, १०० प्रतिशत उत्कृष्ट क्रस, सात पटक मैदानमा चमत्कार, तीन उत्कृष्ट पास र निकलास फलक्रगले गरेको गोलमा सहयोगी भूमिका। यी सबै विषय मसियलाको उत्कृष्ट स्तर पुष्टि गर्न पर्याप्त बनेको थियो।

यिनले अहिलेसम्म थुप्रै कीर्तिमान राखेका छन्। उनी वायरन म्युनिखका अहिलेसम्मका कान्छा गोलकर्ता हुन्। युरो २०२० मा टोलीमा अटाएका उनले जर्मनीका दोस्रो कान्छा गोलकर्ताको कीर्तिमान राखेका छन्। अहिले भने उनी विश्व स्तरमा नै धेरै प्रभाव पारिरहेका छन्।

टोटनहामका पूर्व मेनेजर माउरिसिनो पोचेटीनोेल त मसियला आफूले देखेको उत्कृष्ट युवा खेलाडी भएको प्रतिक्रिया दिएका छन्। उनकै विचारमा जाभी, जुड वेलिङघम र पेड्रीसँग उत्तिकै क्षमता छ। तर, यस बीचमा पनि मसियलाले आफूलाई छिटो गतिमा विकास गरी रहेका छन्। उनले पनि जर्मनीले केही आश्चर्यजनक नतिजा ल्याउन सक्ने सम्भावना व्यक्त गरेका छन्।

यो विश्वकपपछि धेरै टोली उनलाई आफ्नो क्लबमा आबद्ध गराउन आतुर हुनेछन्। अहिले वायरन कुनै पनि मूल्यमा उनलाई गुमाउन चाहँदैन।

जर्मनी राष्ट्रिय टोलीका पूर्व फरवार्ड तथा मेनेजर जर्गेन क्लीन्सम्यानले युवा अवस्थामा देखेका मध्य मसियला सबैभन्दा उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया व्यक्त गरेका छन्। क्लीन्सम्यानले उनी आश्चर्यजनक पदार्थ भएको समेत प्रतिक्रिया दिएका छन्। वायरन प्रणालीमा चाँडो विकास गरेको खेलाडीको रूपमा उनले आफूलाई अगाडि बढाएका छन्। क्लीन्सम्यानले पहिलो विश्वकपमा यस किसिमको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले विस्तारै आफूलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

स्टुगार्टमा जन्मिएका उनी १६ वर्ष भएपछि चेल्सी एकेडेमी छाडेर वायरनमा आबद्ध भएका हुन्। उनले युथ फुटबल इङ्गल्यान्डको प्रतिनिधित्व गर्दै खेलेका थिए। उनको सम्झौता सन् २०२६ सम्म कायम रहने छ।

यो विश्वकपपछि धेरै टोली उनलाई आफ्नो क्लबमा आबद्ध गराउन आतुर हुनेछन्। अहिले वायरन कुनै पनि मूल्यमा उनलाई गुमाउन चाहँदैन। वायरनको विकास क्रमसँगै त्यसै क्लबमा धेरै कुरा सिकेका कारण क्लब परिवर्तनले लय पनि बिग्रन सक्नेछ। त्यसै कारण पनि उनी अर्को क्लबमा जान चाहँदैनन्।

वायरनका लागि उनले १ सयौँ खेल पनि साल्के विरुद्ध खेलेका थिए। फुटबलका एकदमै परिचित र लोकप्रिय मानिएको १० नम्बरको जर्सी पनि उनले पाएका थिए। १७ वर्ष १ सय १५ दिनको उमेरमा उनी थोमस म्युलरको स्थानमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए। साल्केविरुद्ध नै उनले बुन्डेसलीगाको पहिलो गोल गरेका थिए। पहिला गर्दा उनको उमेर १७ वर्ष २ सय ५ दिन थियो। त्यो कीर्तिमानलाई अहिले भीएफबी स्टुगार्टका म्याथी तेलले भङ्ग गरेका छन्। तेलले १७ वर्ष १ सय ३६ दिनको उमेरमा कीर्तिमान भङ्ग गरेका हुन्।

२०२१ मा इटालीमा भएको खेलमा उनले लाजियो विरुद्ध गोल गरेका थिए। साँघुरो कोणबाट उनले गरेको गोलसहित वायरन अन्तिम १६ को पहिलो लेगमा ६–१ ले जित हात पार्न सफल भएको थियो।

सन् २०२०/२१ को सिजनमा उनले च्याम्पियन्स लिग खेल्ने अवसर पाएका थिए। २०२१ मा इटालीमा भएको खेलमा उनले लाजियो विरुद्ध गोल गरेका थिए। साँघुरो कोणबाट उनले गरेको गोलसहित वायरन अन्तिम १६ को पहिलो लेगमा ६–१ ले जित हात पार्न सफल भएको थियो। उनले राष्ट्रिय टोलीबाट इङ्गल्यान्ड या जर्मनी मध्य कुन देशको प्रतिनिधित्व गर्ने भन्ने टुङ्गो लागेको थिएन। त्यो कीर्तिमान दुवै देशबाट च्याम्पियन्स लिगमा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान थियो।

जर्मनी या इङ्गल्यान्ड भन्ने लामो समयको बहसको अन्त्य गर्दै मसियला जोचीम लोको प्रशिक्षणमा रहेका जर्मन टोलीमा समाहित भए। मार्च २०२१ मा आइसल्यान्ड विरुद्धको खेल उनको जीवनको एउटा कोशे ढुङ्गा थियो। २०२१ को गृष्ममा भएको युरो कपमा पनि उनका लागि बाटो खुला भएको थियो। उनी हंगेरीविरुद्धको खेलमा २–१ ले पछि परेको समयमा ८२ औ मिनेटमा मैदानमा प्रवेश गरेका थिए। त्यसको दुई मिनेट पछि उनकै पासमा लीयोन गोरेज्काले बराबरी गोल गरेका थिए।

२३ अप्रिल २०२२ मा उनले अर्को सफलता पाए। त्यसै दिन बोरुसिया डर्टमन्डसँगको खेलमा उनी बेन्चबाट आएर गोल गरेका थिए। त्यसै दिन वायरनले च्याम्पियन्स लिगको उपाधि मात्र जितेन। मसियला पनि च्याम्पियन्स लिगमा गोल गर्ने कान्छो खेलाडीको रूपमा कीर्तिमान राख्न सफल भएका थिए।

मसियाला अहिले जर्मनीका जर्सीमा छाइरहे पनि इङ्गल्यान्डमा बिताएको क्षण भने बिर्सन चाहँदैनन्। उनले युवा अवस्थामा इङ्गल्यान्डमा रहेदेखि नै स्वतन्त्र भएर खेल्न सिकेको प्रतिक्रिया दिएका छन्। मसियला ७ वर्षको उमेरमा स्टुगार्टबाट लन्डन पुगेका थिए। उनले अहिले जर्मन टोलीमा आबद्ध हुनु अगाडि नै इङ्गल्यान्डमा महत्त्वपूर्ण कुरा सिकेको प्रतिक्रिया दिएका छन्।

उनले आफूले जर्मनीको प्रतिनिधित्व गरिरहे पनि आफूले युथ फुटबल खेलेको र बाल्यकाल बिताएको देश प्रति सद्भाव रहेको प्रतिक्रिया दिएका छन्।

उनले व्यक्तिगत स्किल र ‘वान टु वान’ खेल पनि इङ्गल्यान्डमा नै सिकेको बताए। इङ्गल्यान्डमा रहँदा नै स्वतन्त्र भएर खेल्न सिकेको समेत उनले बताए। जर्मनीले विश्वकपमा अभूतपूर्व सफलता पाइसकेको छ। चार पटक त विश्वकप उपाधि नै जिती सकेको छ। त्यसमा सन् २०१४ को विश्वकप अन्तिम विश्वकप उपाधि थियो। यसका बाबजुद उनी जर्मनीले इङ्गल्यान्डबाट सिक्ने धेरै कुरा रहेको बताएका छन्।

बल ड्रिब्लीङ गर्ने कला लगायतमा इङ्गलीसहरु राम्रो रहेको उनको मत छ। उनले आफूले जर्मनीको प्रतिनिधित्व गरिरहे पनि आफूले युथ फुटबल खेलेको र बाल्यकाल बिताएको देश प्रति सद्भाव रहेको प्रतिक्रिया दिएका छन्।
अहिले मसियला ८ वर्ष अगाडिका दिनमा फर्कन चाहन्छन्। ११ वर्षका उनी अभिभावकसँग सोफामा बसेर फाइनल हेरेका थिए। अर्जेन्टिनाको विरुद्धमा गोट्जेको गोल उनलाई अझै याद छ। जर्मन जर्सीमा सजिएका यी स्टारको आगामी दिन सायद फुटबल पारखीका लागि रोमाञ्चक हुने छ। स्रोतः बीबीसी, बुन्डेसलीगा र द गार्जीयन

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ०० बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका