कलंकी-नागढुंगा सडक विस्तारलगायत ५ वटा ठेक्का तोड्ने चेतावनी « Khabarhub

कलंकी-नागढुंगा सडक विस्तारलगायत ५ वटा ठेक्का तोड्ने चेतावनी


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यकाका पाँच अलपत्र ठेक्का तोड्ने चेतावनी दिएको छ।

कलंकी-नागढुंगा सडक विस्तार, चाबहिल-जोरपाटी-संखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला-भैसेपाटी-बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो ।

पाँच ठेकेदार कम्पनीले सबै ठेक्का लिएर अलपत्र छोडेका छन् । उनीहरूलाई सात दिनभित्र कार्यालय उपस्थित हुन अल्टिमेटम दिइएको छ ।

कलंकी-नागढुंगा सडक विस्तारमा शर्मा-शैलुङ रकान्छाराम जेभीले ठेक्का लिएको छ । चाबहिल-जोरपाटी-संखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली, दोस्रोमा बज्रगुरु-छ्यांमिलारखानी जेभी र तेस्रो बज्रगुरु-बिरुवा-खानी जेभीले लिएका छन् । नख्खु खोला-भैसेपाटी-बुंगमती सडकको ठेक्का आशिष-बिरुवा-सिएम जेभीले लिएका हुन्।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : २८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा