बालेनले बिगार्न चाहेको बस्ती « Khabarhub

बालेनले बिगार्न चाहेको बस्ती

व्यवस्थापन छाडेर डोजर आतंक मच्चाउँदा चर्को आलोचना !


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि काठमाडौँ यतिबेला अशान्त बनेको छ । सोमबार केही बेर झडप भएपछि सुरु भएको सुकुम्बासी बस्तीमाथिको अत्याचार यतिबेला सामाजिक सञ्जालमा छरपस्ट बनेको छ ।

सडक अतिक्रमण गर्नेविरुद्ध उत्रिएको बालेन डोजर आतंक यतिबेला सुकुम्बासी बस्तीमा सोझिएपछि अनेकौं बहस सिर्जना भएको छन् । त्यसमा पनि बालेनले काठमाडौँको मेयर जितेपछि गर्नुपर्ने काम धेरै छन् । उनले सडक अतिक्रमण गर्नेदेखि काठमाडौँ सहरको सुन्दरतालाई ध्यान दिएर व्यवस्थापन गर्नुपर्नेमा आलोकाँचो सोच लिएर सुकुम्बासी बस्तीमा पुग्नु हतारो मात्रै हो ।

सँधै सुकुम्बासी बस्तीलाई भजाएर राजनीति गर्नेहरूको भीडमा बालेन पनि मिसिनु दुखद हो । यसको मूल्य उनैले चुकाएका छन् । दर्जन बढी महानगरका प्रहरी घाइते भएका छन् । उनीहरूलाई भेट्न बालेन अस्पताल नै पुगेका छन् ।

थापाथली मात्रै होइन, सुकुम्बासी बस्ती काठमाडौँका हरेक खोला किनारामा छन् । उनीहरु त्यहाँ बसेर गुजारा गरिरहेका छन् । उनीहरुको सुकुम्बासी बस्ती हुन् वा अरु कोही ? त्यो पक्कापक्की छैन । तर उनीहरु जहाँ बसिरहेका छन्, त्यो उनीहरुकै बाध्यता हो । त्यो बाध्यता केवल उनीहरुमा सीमित छैन । धेरै समस्या र आवश्यकताहरुसँग जुध्दै उनीहरु खोला किनारमा बसिरहेका बासिन्दा हुन् ।

उनीहरूका नाममा यसरी घृणित राजनीति गर्न खोज्नु दलहरूकै बेइमानी हो । अहिलेसम्म दशकौपटक सुकुम्बासी बस्ती व्यवस्थापनबारे छलफल र बहस भएको छ । तर राज्य सञ्चालकले कुनै दिगो व्यवस्थापन गर्न सकेनन् ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सुकुम्बासी बस्नका लागि काठमाडौँको बोहराटारमा पाँच तले अपार्टमेन्ट बनाइएको छ । उनी प्रधानमन्त्री भएका बेला दिगो सोच राखेर त्यसको निर्माण गरेका थिए । तर सुकुम्बासी बस्ती त्यहाँ बसेनन् । त्यो भवन अहिले भुतबंगला बनेको छ ।

भएका संरचनाको सदुपयोग र उपयोग नगरी केवल गरिब दुःखीलाई सँधै लखेटिरहने राज्य प्रवृत्ति घातक छ । त्यो जति घातक छ, त्यति नै बढी समृद्धिको बाधक पनि छ । खोला किनाराका बस्ती आरामले बसिरहेका बेला त्यहाँ गएर उनीहरुको बासस्थान नै भत्काउन खोज्नु दुःखद हो ।

यसले बालेनलाई पछिसम्म गएर पीडा दिने छ नै । किनकी सुकुम्बासी बस्तीको व्यवस्थापन डोजर आतंक होइन, केवल त्यसको समाधानका लागि प्रयास गर्नु महत्वपूर्ण हो । विना तयारी, छलफल र योजनाबिना नै सुकुम्बासी बस्तीमा जाँदा बालेनले जुन किसीमको प्रतिकार व्यहोरेका छन्, त्यसले भविष्यमा योजना र आवश्यक छलफल तथा परामर्श गरेर मात्रै सुकुम्बासी बस्तीमा जानु आवश्यक रहेको औँल्याउन सकिन्छ ।

अन्यथा यसले भोलिका दिनमा पनि काठमाडौँको व्यवस्थापन र मेलमिलापलाई धेरै हदसम्म फाटो ल्याउन सक्छ । यसअघि नै बनाइएको संरचनाको प्रयोग गर्दै उनीहरूलाई त्यहाँ बसाल्ने वा थप संरचना बनाउनेतर्फ पनि राज्य अहिलेदेखि नै लाग्नुपर्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी