करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबर्जस्ती करणी र डाँका मुद्दामा फरार भएका धनपति ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाले सोमबार पक्राउ गरेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक सूचनाअनुसार उनी १५ वर्षपछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।

७७ वर्षीय ढुंगाना झापा कन्काई नगरपालिका-४ का हुन् । जिल्ला अदालत झापाले १३ पुस २०६७ मा धनपतिलाई जबर्जस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसलगत्तै उनी फरार थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १२ : १७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ