अवैध लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित चारजना पक्राउ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ। उनीहरु कञ्चनपुर, कैलाली र झापाबाट पक्राउ परेका हुन् । कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुल र कैलाली गोदावरी नगरपालिका-३ बस्ने ४६ वर्षीय कर्ण बिकसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुप्रप०१ ००१ ह २८१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९१ मिलिग्राम सहित उक्त पदार्थ फेला पारी अटोका चालक बिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । 

यस्तै, भारत घर भएका २२ वर्षीय रजिया आलमलाई पनि प्रहरीले सोमबार राति पक्राउ गरेको छ । झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित आलमलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १२ : ५९ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल