कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर « Khabarhub

कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मतदाता शिक्षाको पहुँच नपुग्दा कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर  भएका छन् । आमनिर्वाचनअन्तर्गत जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणनाको क्रममा सो संख्यामा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ १३ हजार ४५६ मत र प्रदेशसभातर्फ ११ हजार १४३ मत बदर भएको कार्यालयले बताएको हो ।  प्रतिनिधिसभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै मत बदर भएका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा अन्तर्गत १ प्रदेश सभा १ मा १ दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर  भएको कार्यालयले उल्लेख गरेको छ । 

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएकाले मत बदर भएको स्थानीयको गुनासो छ । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १ : २६ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान