लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक « Khabarhub

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर– लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एबिसी नेपालसहित विभिन्न संस्था तथा व्यक्तिले यस्तो हिंसाबाट प्रभावितहरुलाई उनीहरुले जीवन धान्न सक्नेखालको उपयोगी तालिम दिएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । महानगरका कार्यवाहक प्रमुख प्रकाश साहले हिंसा प्रभावितहरुको जीविकोपार्जनका लागि उनीहरुलाई प्रभावकारी हुने तालिम प्रदान गर्नुपर्ने बताए । 

सीपमूलक तालिम लिएर पनि हिंसा प्रभावितहरुले आयआर्जन गर्न नसकेको अवस्था अहिले रहेको दृष्टान्तहरुमा छलफल गर्दै सहभागीहरुले उनीहरुले लिनसक्ने र समाजमा प्रभावकारी हुने सीप सिकाउनुपर्नेमा जोड दिइयो । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एबिसीकी अध्यक्ष विष्णु शर्मा पन्तले १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्ष पाँचजनामध्ये एकजनामाथि हिंसा हुने गरेको तथ्यांक रहेको सुनाए । 

एबिसी नेपालले विराटनगरसहित ओखलढुङ्गा र उदयपुरका विभित्र पालिकामा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको र यसबाट २३ जनाले सेवा लिइरहेका छन् । सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्की, कानुन व्यवसायी कविता बस्नेत, महानगरको महिला तथा बालबालिकाका शाखाका प्रमुख डिल्ली धिमालले हिंसा प्रभावितलाई उनीहरुको रुचि र क्षमतालाई ध्यानमा राखेर तालिम दिन सकिएमा यसले उनीहरुको आयआर्जनमा सघाउ पुर्‍याउने धारणा राखे । 

एबिसी नेपालकी सेल्टर प्रमुख सिर्जनाभण्डारीले यस परियोजनाले गरेका कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  २ : ४० बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल