पाकिस्तानका नयाँ सेना प्रमुखले कमाण्ड सम्हाले « Khabarhub

पाकिस्तानका नयाँ सेना प्रमुखले कमाण्ड सम्हाले


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले आज कमाण्ड सम्हालेका हुन् ।

देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनीरलाई कमाण्डको प्रतीकका रुपमा रहेको डण्डा हस्तान्तरण गरेका पाकिस्तानको दैनिक अखबार डनले जनाएको छ ।

बाजवाले करिब छ वर्षको विस्तारित कार्यकाल पूरा हुनुभन्दा केही अघि जनरल मुनीर र जनरल साहिर शमशाद मिर्जासहित छ जनालाई सम्भावित भावी प्रधानसेनापतिका रुपमा चित्रित गरिएको थियो ।

जनरल मुनीरको नियुक्तिसँगै नयाँ सेना प्रमुखको नियुक्तिलाई लिएर फैलिएका अफवाह, अनिश्चितता र अनुमानको पटाक्षेप भएको बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : २३ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक