सेयर बजार नेप्सेमा सामान्य वृद्धि « Khabarhub

सेयर बजार नेप्सेमा सामान्य वृद्धि


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अंकले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएको थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार  हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार भएको र नबिल बैंकको भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, माइक्रो फाइनान्स, र म्युचुअल फण्ड  कम्पनीहरूमा वृद्धि भएको छ । अरु कम्पनीहरूमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : ५१ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि