सेयर बजार नेप्सेमा सामान्य वृद्धि « Khabarhub

सेयर बजार नेप्सेमा सामान्य वृद्धि


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अंकले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएको थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार  हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार भएको र नबिल बैंकको भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, माइक्रो फाइनान्स, र म्युचुअल फण्ड  कम्पनीहरूमा वृद्धि भएको छ । अरु कम्पनीहरूमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : ५१ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल