‘अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?’ « Khabarhub

‘अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?’


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासि कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे ।  

अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै यता पनि लिएर आएका छन् । अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो । त्यतातिर पनि केही होला । त्यतातिर नजाऔं ।’

अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी रहेको पाइएको छ । रास्वपा र अमेरिकन फ्रिडम पार्टीको लागो समेत उस्तै उस्तै रहेको पाइएको छ । उनले निर्वाचनमा सरकारले धाँधली गरेको समेत बताए ।

सर्वसाधारणमाथि धरपकड र गोली प्रहार गर्ने कार्य गरेर गठबन्धन सरकारले निर्वाचन पक्षपातपूर्ण बनाएको बताए । उनले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : १६ बजे

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले