ओलीलाई बालेनको जवाफ : सुकुम्बासीले भोगेका ३२ जाडो देख्नुभएन « Khabarhub

ओलीलाई बालेनको जवाफ : सुकुम्बासीले भोगेका ३२ जाडो देख्नुभएन


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुकुम्बासी बस्तीमा तमासा गरिएको भन्ने टिप्पणी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनले जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर बालेनले सुकुम्बासीलाई ओलीले भोट बैंकका रुपमा मात्र हेरेको आरोप लगाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे ।’

मेयर बालेनले सुकुम्बासीलाई ओलीले राजनीतिक स्वार्थवश गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गरेको पनि आरोप लगाएका छन् ।

उनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न नसकेको उल्लेख बताएका छन् । उनले धरहरातिर इङ्गित गर्दै ओलीले आफ्नो नेतृत्वमा (लुँहिटी) सुन्धारा सक्काएर ‘सेतो टावर’ ठड्याएको समेत टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ५० बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र