फाइल फोटो

राजनीति

ओलीलाई बालेनको जवाफ : सुकुम्बासीले भोगेका ३२ जाडो देख्नुभएन

By खबरहब

November 29, 2022

काठमाडौँ- सुकुम्बासी बस्तीमा तमासा गरिएको भन्ने टिप्पणी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनले जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर बालेनले सुकुम्बासीलाई ओलीले भोट बैंकका रुपमा मात्र हेरेको आरोप लगाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे ।’

मेयर बालेनले सुकुम्बासीलाई ओलीले राजनीतिक स्वार्थवश गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गरेको पनि आरोप लगाएका छन् ।

उनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न नसकेको उल्लेख बताएका छन् । उनले धरहरातिर इङ्गित गर्दै ओलीले आफ्नो नेतृत्वमा (लुँहिटी) सुन्धारा सक्काएर ‘सेतो टावर’ ठड्याएको समेत टिप्पणी गरेका छन् ।