एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन « Khabarhub

एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले समसामयिक विषयमा छलफलका साथै समाजवादलाई अवको राजनीतिक कार्यदिशा बनाउने तथा पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेकोबारेमा जानकारी गराइएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकले यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सबै सदस्यलाई बधाई ज्ञापन गरेको छ । बैठकले निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल र निर्वाचनमा खटिएका सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ५० बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा