एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन | Khabarhub Khabarhub

एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले समसामयिक विषयमा छलफलका साथै समाजवादलाई अवको राजनीतिक कार्यदिशा बनाउने तथा पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेकोबारेमा जानकारी गराइएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकले यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सबै सदस्यलाई बधाई ज्ञापन गरेको छ । बैठकले निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल र निर्वाचनमा खटिएका सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ५० बजे

सडकबाट जान सम्भव नभएपछि बालुवाटारबाटै बनेपाको छायाङ्कनस्थल शिलान्यास

काठमाडौं- बनेपा नगरपालिका–१० भैँसेपाटीमा निर्माण थाल्न लागिएको अत्याधुनिक चलचित्र छायाङ्कनस्थल

सांसद विष्टको सुझाव- बजेट अनुशासन कायम गर्नुहोस् 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी