सीमा क्षेत्रमा हिंसा हुँदा पाकिस्तानद्वारा अफगान नाकामा कडाई « Khabarhub

सीमा क्षेत्रमा हिंसा हुँदा पाकिस्तानद्वारा अफगान नाकामा कडाई


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको स्पिन बोल्दाक नाकामा पाकिस्तानले कडाई गरेको छ । पाकिस्तान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीचको सम्बन्ध बिग्रेको विश्लेषण भइरहेका बेला स्पिन बोल्दाक क्षेत्रमा सवारी साधनको आवागमनमा समस्या आएको बताइएको छ ।

सवारीका साधनसँगै नाकामा हजारौँ सर्वसाधारण पनि फसिरहेको जनाइएको छ । अफगानिस्तान छाडेर जान चाहने हजारौँ मानिसहरुलाई पाकिस्तानी फौजले प्रवेशमा बन्देज लगाएको छ ।

अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार सीमा क्षेत्रमा अफगान पक्षबाट भएको गोली प्रहारमा पाकिस्तानी सैनिक मारिएपछि नाकामा कडाई गरिएको हो । तालिबानले भने अज्ञात बन्दुकधारीले गोली प्रहार गरेको दाबी गरेको छ ।

टोलो न्युजका अनुसार अफगानिस्तान पाकिस्तान संयुक्त चेम्बर अफ कमर्सले दुबै मुलुकका सरकारलाई नाका खोलिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : १३ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा