उपचारसँगै पुनःस्थापना | Khabarhub Khabarhub

उपचारसँगै पुनःस्थापना


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य संस्थामा महँगो शुल्कमा बिरामीको उपचार हुन्छ । उपचार गरेर बिरामी घर फर्किएपछि त्यस्ता संस्थाको दायित्व पूरा हुन्छ ।

तर विराटनगरमा एउटा यस्तो संस्था छ जहाँ बिरामीको उपचार मात्रै होइन, पुनःस्थापनाको पनि हर सम्भव प्रयास गरिन्छ । विराटनगर–८ मा रहेको नेपाल क्षयरोग निवारण संस्थाको मोरङ शाखाले त्यहाँ आउने गरिब, विपन्न र निमुखा बिरामीका लागि पुनःस्थापनाको कार्यक्रम चलाएको छ ।

पूर्वप्रधामन्त्री मातृकाप्रसाद कोइरालाको अग्रसरतामा क्षयरोग नियन्त्रण तथा रोकथाम कार्यका लागि विसं २०१६ मा संस्थाको मोरङ शाखा स्थापना गरिएको हो । स्थापना कालदेखि हालसम्म क्षयरोगका सयौँ बिरामीले सीपमूलक तालिम मात्रै पाएका छैनन्, चाहिने सामग्री र उपकरण पनि शाखाले प्रदान गर्दै आएको छ ।

संस्थाको मोरङ शाखामा क्षयरोग नियन्त्रण कार्यमा नियमित सेवा पु¥याउन प्रतिकारात्मक तथा उपचारात्मक सेवातर्फ दैनिक क्रियाकलाप सञ्चालन गर्न क्षयरोग विशेषज्ञसहितको २६ प्राविधिक र कर्मचारीको टोली खटिएको छ । शाखाले क्षयरोगका बिरामीलाई समयमै पहिचान र उपचार गरी सम्भावित मृत्यु रोक्न डट्स उपचार रणनीति, स्टप टिबी रणनीति लागू गर्दै हाल क्षयरोग मुक्त विश्वका लागि लक्ष्य निर्धारण गरेको छ ।

क्षयरोग विरूद्धको औषधि सेवन गर्ने बिरामी र शाखाकै आवास गृहमा बसेर उपचार गराइरहेका क्षयरोग प्रतिरोधात्मक बिरामीका लागि सन् २००९ देखि संस्थाको मोरङ शाखाले सीपमूलक आयआर्जनका तालिम सञ्चालन गर्दै आएको छ । सीप सिकेका बिरामीले उपचारपश्चात सीपको प्रयोग गरी आम्दानी गर्दै आएका छन् ।

शाखाले बिरामीलाई मैनबत्ती बनाउने, खाम र फायल बनाउने, ब्युटिसियन, मोबाइल मर्मत, साइकल मर्मत, हाउस वाइरिङ, सवारीचालक, ढाका टोपी बुन्ने, कम्प्युटर तालिम, होटल कुक, बुटिक, प्लम्बिङ, सिलाइ कटाइको तालिम प्रदान गर्दै आएको छ ।

हालसम्म एक सय ३८ क्षयरोगका बिरामीले तालिम लिएको शाखाका सभापति शिवनारायण प्रधानले बताए। बिरामीको उपचारसँगै सीप पनि सिकाउने र उपचारपछि समाजमा पुनःस्थापना पनि गराउने ध्येयका साथ शाखा अघि बढिरहेको उनको भनाइ छ । उनले विराटनगरलाई क्षयरोग मुक्त क्षेत्र बनाउन पुस महिनादेखि घरदैलो कार्यक्रम गरी शङ्कास्पद क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउने बताए ।

आज शाखाले उपचारसँगै सीपमूलक तालिम लिएका विराटनगरका रामबाबु भण्डारी, सुनवर्षी मोरङका वासुदेव शर्मा, बर्जु सुनसरीका रामकृष्ण चौधरी, इलामका कृष्णबहादुर मगर र खाँदबारीका रिझिम भोटेलाई १–१ थान सिलाइ मेशिन, ज्याकेट टोपी, कम्बल, चप्पल र स्वास्थ्य किट हस्तान्तरण गरेको छ ।

सिलाइ मेशिन पाएपछि बर्जु सुनसरीका चौधरीले क्षयरोगका कारण आफू मर्ने हो की भनेर डर लागेको तर संस्थामा आएर उपचार गराएर सीप सिकेपछि आत्मबल बढेको बताए । उनले आफूले शाखामा सिलाइ कटाइ सिकेको हुनाले आज पाएको सिलाइ मेशिनबाट पसल थापेर आम्दानी गर्ने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १० : ५७ बजे

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा

काठमाडौं – बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ अन्तर्गत

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ