गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो । 

हमास प्राधिकरण अन्तर्गतको मन्त्रालयका महाप्रबन्धक मुनीर अल–बर्शलाई उदृत गर्दै एएफपीले थप २० जना घाइते भएको तथा इजरायलले अपार्टमेन्ट र शिविरका नागरिकहरूलाई लक्षित गरि आक्रमणगरेको जनाएको छ ।

घाइतेहरू उपचारको लागि उत्तरमा गाजा सहर र दक्षिणमा खान युनिसको अस्पतालमा पुगेको बार्सले बताएका छन्।

इजरायलले “चिकित्सा आपूर्ति, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको बीचमा युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन जारी राखेको  बार्सले जनाएका छन् । 

अक्टोबर देखि अमेरिकाले गरेको युद्धविराम जनवरीमा दोस्रो चरणमा पुगेको छ, जसमा हमासको निशस्त्रीकरण, क्रमिक इजरायली फिर्ती र अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाती समावेश छ ।

इजरायल र हमासले बारम्बार एक–अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । हमासद्वारा सञ्चालित गाजाको सरकारी प्रेस कार्यालयले शनिबारको आक्रमणमा एक विस्थापित परिवारका सात जनाको मृत्यु भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर– १० मा युद्धविराम लागू भएदेखि ५०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ३ : ५४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग