चिसोमा हाइपोथर्मियाबाट कसरी बच्ने ? « Khabarhub

चिसोमा हाइपोथर्मियाबाट कसरी बच्ने ?


१४ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हाइपोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलव ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्‍यो भने हाइपोथर्मिया हुने सम्भावना हुन्छ। जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ। यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। हाइपोथर्मियाले जनावरको समेत मृत्यु हुने गर्छ।

यसका लक्षण तापक्रम अनुसार फरक–फरक हुन सक्छन्। मन्द खालको हाइपोथर्मियामा जिउ काम्ने तथा दिमाग सुस्त भएर अलमल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएमा बिरामीले लगाइरहेको कपडा बेहोसीमै खोल्न पनि सक्छन् र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।

हाइपोथर्मियाको लक्षण
– जाडो भएर शरीर काप्ने
– खतखुट्टा निलो हुँदै जाने
– टाउको दुख्ने
– हातखुट्टा कठ्याङ्ग्रिने
– रिँगाटा लाग्ने
– कमजोर महसुस हुने
– बेहोस हुने
– बढी भोक लागेको महसुस हुने
– सास फेर्न गाह्रो हुने
– पेट कराउने, आदि।

जोखिम के कस्ता हुन्छन् ?
शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने रगत सञ्चालनमा कमी आउँछ। मुटुको काम गर्ने क्षमता कम हुन्छ। कठ्यांग्रिएर मानिसको मृत्यु हुने सम्भावना हुन्छ।

जाडो याममा घरबारबिहीन मान्छे, बाटोमा सुत्ने मान्छेको राति सुतेको अवस्थामा बिहान कठ्यांग्रिएर भएको मृत्यु हाइपोेथर्मिया हो। विशेषगरी वृद्धवृद्धा, बच्चा र कमजोर मान्छेलाई सताउँछ। बच्चाले थोरै मात्र तापक्रम उत्पादन गर्छन् भने वृद्धवृद्धाले तापक्रम उत्पादन गर्न सक्दैनन्।

बच्ने उपाय के के हुन् ?
जनरल फिजिसियन डा.मिलन खड्काका अनुसार चिसोले कठ्याङ्ग्रिने बित्तिकै मान्छेलाई तातो बनाउनुपर्छ। यो घरमा पनि गर्न सकिन्छ। तातो लुगा लगाएर राख्नुपर्छ।

तातो खानेकुरा विशेषगरी झोलिलो कुरा खुवाउने र आगो वा हिटरको छेउमा राख्नुपर्छ। सकेसम्म घरबाहिर निस्कँदा पुरै शरीर ढाक्ने कपडा र तातो खानेकुरा खाएर निस्कनुपर्छ।

बाइक चलाउनेहरु पनि यो समस्याको जोखिममा धेरै हुन्छन्, त्यसैले हावा नछिर्ने तातो लुगा लगाएर बाइक चलाउनुपर्छ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ११ : १५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,